Logo
Logo

सनराइज बैंकद्वारा काभ्रेको नालामा शाखारहित बैंकिङ सेवा सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सनराइज बैंकले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ नालामा शुरू गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका थिए ।

शाखारहित बैंकिङ सेवाको एजेन्टरप्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भतmपुर शाखाका प्रवन्धक भीमनारायण श्रेष्ठले हस्तान्तरण गरेका छन् ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्