Logo
Logo

भुपु सैनिकको चियापान



रूपन्देही । संयुक्त भुतपुर्व सैनिक प्रहरी कल्याणकारी महासंघ नेपालले बडा दशैं दिपावली, छडका अवसरमा रूपन्देहीको कुन्जलापुर पार्कमा शुभकामना आदन प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय अध्यक्ष कर्नेल धनबहादुर रानाले भुपुहरूको हक अधिकारका लागि एक भएर अगाडि बढ्न पर्ने बताए । भुपु एक नहुदा सम्म केहि गर्न नसकिने बताउँदै उनले भुभुहरूलाई आइटि फ्रेन्डली हुन समेत आग्रह गरे ।

भुपुको ईमान्दारीपुर्ण कामले गर्दा नै देश विदेशमा काम पाउनुका साथै देशलाई चिनाएको उनले बताए । मुलुकभर रहेका १ लाख २५ हजार भुपु एक भएर अगाडि बढ्न सके जस्ता काम पनि सम्पन्न गर्न सकिने उनीहरुको भनाई थियो ।

संस्थाका रूपन्देही अध्यक्ष किसन थापाको अध्यतामा सम्पन्न कार्यक्रममा कर्नेल टानबहादुर गुरूङ, महासचिव कुलवहादुर केसी ,सल्लाहकार लक्ष्मिकान्त पाण्डे, क्याप्टेन मोति प्रसाद राना, सैनामैना शाखा अध्यक्ष खुम बहादुरथापा, कर्नेल गजेन्द्र बस्नेत लगायतले पछिल्लो समय भुपु जागरण अभियान सुरू भएकोले यसले धेरै महत्व राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्