Logo
Logo

के मानिसका लागि ५जी खतरनाक हुन्छ ?



एजेन्सी । सन् २०२० को सुरुवातमा विश्वभर कोरोनाभाइरसको महामारी फैलियो । कोरोनको कहरकाबीच विश्वका केही स्थानमा ५जी मोबाइल टावरमाथि हमला भएको समाचार पनि आयो । सन् २०२० को अप्रिल र मे गरी दुई महिनामा ब्रिटेनमा ७७ वटा मोबाइल टावरमा आगो लगाइयो । नेदरल्यान्ड, इटली, बेल्जियम, साइप्रस, फ्रान्स जस्ता देशहरुमा पनि सोही घटना भयो । उक्त घटनाको कारण थियो कोरोनाभाइरस । मानिसहरुमा कोरोना फैलिनुको कारण पाइभ जी प्रविधि हो भन्ने बुझाई थियो । जुन कुरा सामाजिक सञ्जालमार्फत विश्वभर फैलियो र पाइभ जीको विरोधका कार्यक्रमहरु भए ।

के साँच्चै पाइभ जी प्रविधि मानिसका लागि खतरनाक छ त ?
३जी, ४जी जस्तै ५जी पनि मोबाइल इन्टरनेट प्रविधि हो । यसलाई नयाँ पुस्ताको प्रविधि भनिन्छ । तर, यसका खास के छ त ?

बीबीसी टेक्नोलोजी संवाददाता जोई क्लाइनम्यानले ५जीले धेरै प्रयोगकर्ताहरुलाई सहज बनाउँछ साथै यसले धेरै डाटा पनि सम्हाल्न सक्ने बताए । उनका अनुसार सामान्यतयाः ४जीको रेस्पोन्स समय ३० मिलिसेकेण्ड हुन्छ भने ५जीमा एक मिलिसेकेण्ड हुन्छ । उनी भन्छन्, ‘खेल होस् वा सांगितिक कार्यक्रम होस्, त्यहाँ भेला हुँदा ४जीमा समस्या आउँछ । त्यस्तो ठाउँमा इन्टरनेट ट्राफिकको समस्या हुन्छ । यसका लागि नै ५जी बनेको हो ।’ उनी यसको कारण उच्च फ्रिक्वेन्सी भएको बताउँछन् । ४जी ६ गीगाहटर््जभन्दा कमको फ्रिक्वेन्सीको प्रयोग गर्छ भने ५जी ३० देखि ३०० गीगाहटर््जको फ्रिक्वेन्सीमा काम गर्छ ।

असर के ?
जोई क्लाइनम्यान भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले मादक पदार्थ र प्रोसेस्ड मासु खाँदा क्यान्सरको खतरा अत्यधिक हुने बताएको छ । सन् २०१४ मा संगठनको एक रिपोर्टले मोबाइल फोनको प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिकुल असर नपार्ने बताएको छ ।’

तर, विश्व स्वास्थ्य संगठनको रिपोर्टका बाबजुद पनि ५जीको खतरासँग जोडिएका झुटा खबरहरु सामाजिक सञ्जालभरी फैलिएका छन् । मोबाइल फोन कुनै नयाँ चीज भने होइन । तर, यो पनि साँचो हो कि ५जी लाई लिएर मानिसहरुमा अझैसम्म विश्वास भएको छैन ।

प्रतिक्रिया दिनुहोस्