Logo
Logo

दुई वर्षपछि बेलबारी गोल्डकप हुँदै



मोरङ । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप दुई वर्षपछि हुँदैछ । अघिल्लो वर्ष कोरनाको कारण स्थगित गोल्डकप यसपटक कातिक ११ गतेदेखि सञ्चालन हुने भएको हो ।

आयोजक डाँगीहाट युथ क्लब बेलबारी ११ लक्ष्मीमार्गले प्रदेश राजधानी विराटनगर र आयोजना स्थल बेलबारीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा एपीएफ काठमाडौं, हिमालयन शेर्पा र च्यासल काठमाडौं, रोयल फुटबल क्लब सिलिगुडीलगायत मोरङ, धनकुटा, उदयपुर, झापाका ८ वटा टिमले सहभागीता जनाउने छन् ।

कातिक १७ गतेसम्म जारी हुने प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाउने बताउँदै क्लबका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।

खेलको म्यान अफ म्याचलाई जनही ५ हजार ५ आयोजकले प्रदान गर्नेछ । क्लब २०७० सालमा स्थापना भई खेलकुदका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्