Logo
Logo

विमल घर्तीमगर मछिन्द्र क्लबमा अनुबन्ध



काठमाडौँ । ‘ए’ डिभिजन क्लब मछिन्द्र क्लवले विमल घर्तिमगरलाई क्लवमा अनुबन्ध गरेको छ ।

काठमाडौंमा आइतबार मछिन्द्रले बिमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको अवधि एक सिजनको रहेको छ ।

फरवार्ड विमलले गत सिजन पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । त्यस्तै, उनले मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागीता जनाएका थिए । सम्झौतापछि विमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए । यो वर्ष सुरुवातै खेल्ने प्रयास गर्ने र टिमलाई उपाधि जित्न सहयोग गर्ने उनले बताए ।

त्यस्तै, क्लबका उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए । यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्