Logo
Logo

सर्वोच्चमा सोमबार तोकिएमा कुनै पनि इजलास बस्न सकेन



काठमाडौँ । सर्वोच्च अदालतमा सोमबारका लागि तोकिएका कुनै पनि इजलास बस्न सकेको छैन । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराबाहेक न्यायाधीशको छुट्टै बैठक बसेपछि इजलास बस्न नसकेको हो ।

सोमबार ७ वटा इजलास तोकिएको थियो । खाजा समय अघिसम्म््कुनै पनि इजलास बस्न सकेको छैन । ७ वटा इजलासमध्ये ६ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको छ । जसमा प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् ।

प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए ।

तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका १३ जना न्यायाधीशले फुल कोर्ट बैठक बहिस्कार गरेर छुट्टै बैठकमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्