Logo
Logo

नविल बैंक र नेपाल इन्स्योरेन्सबीच बीमा सेवा सहकार्यसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नविल बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

सम्झौताअनुुसार नविल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नविल बैंकका तर्फवाट नीरज शर्मा र नेपाल इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्