Logo
Logo

मुख्यमन्त्री शाक्यले राजीनामा दिने



हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । उनले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनै लाग्दा राजीनामा घोषणा गर्न लागेकी हुन् ।

प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामा दिने भएकी हुन् ।

मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

प्रतिक्रिया दिनुहोस्