Logo
Logo

आइफोन-१३ किन्दा एक वर्षसम्म प्रतिमहिना ५ जिबी डेटा निःशुल्क पाइने



काठमाडौं । नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङबीच आइफोन खरिदकर्ताका लागि डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन खरिद गर्नेलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आइफोन १३ मा प्रयोग हुने अवस्थामा डाटा प्याकेज उपलब्ध गराइनेछ । उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत निस्शुल्क उपलब्ध गराउने छ । यो सिममा मेन व्यालेन्स १० रुपैयाँ र थप व्यालेन्स ४० रुपैयाँ उपलब्ध हुनेछ ।

उक्त थप व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्