Logo
Logo

कर्णालीको दुख र ओली सरकारको नारा


- दृष्टि न्युज/संवाददाता


कर्णालीमा यसपालीपनि महामारी फैलियो । हुम्लाको ताजाकोटमा सयौं विरामी परे । दश जनाको मृत्यु भयो । गत वर्ष कालिकोटमा फैलिएको भाइरल ज्वरोले ४ हजार भन्दा वढी विरामी परे । ८ जनाको ज्यान गयो । ०५४ सालमा हुम्लामा फैलिएको भाइरल इन्फ्लुएन्जाले ४ सय भन्दा वढीको ज्यान गयो । ०६६ सालमा जाजरकोटमा झाडा पखालाले १५३ जनाको ज्यान गयो । ०७१ देखि जाजरकोट मै फैलिएको मौसमी रुघाखोकिवाट १ हजार ४ सय विरामी परे र २७ जनाको मृत्यु भयो ।

कर्णालीमा वर्षेनि देखिने महामारीको मुख्य कारण राज्य सत्ताको अन्याय र पक्षपात हो । कर्णालीलाई पहिले देखि नै कम मात्रै विकास वजेट दिने परिपाटी वस्यो । गएको वजेट पनि भ्रष्टाचार हुने चलन रह्यो । कर्णालीमा अहिले केवल ११८ जना डाक्टरको दरवन्दी रहेको छ । त्यसमध्ये ६० जनापनि त्यहाँ उपस्थित छैनन् ।

 

महामारीको व्यवहारिक कारण कुपोषण र प्रदुषित पिउनेपानी हो । कर्णाली यसमा पनि ठगीएकोछ । सरकारले पीउनेपानीको व्यवस्था नगरेका कारण ५० प्रतिशत भन्दा वढी जनताले खोलाको प्रदुषित पानी पिउन वाध्य छन् । खाद्यान्न कम हुने कर्णालीमा खाद्यान्न पु¥याउने कुरामा सधै भ्रष्टाचार र ढिलासुस्तीले खाद्यान्न समयमै नपुग्ने र पुगेपनि कुहिएका खाद्यान्न पुग्ने गरेकोछ ।

सामान्य उपचार पनि नपाउनु कर्णालीको अर्को पिडा हो । विशेषज्ञ उपचार टाढाको विषय भएकोछ ।

ओली सरकारले पानी जहाज देखि सडकमा हवाइजहाज अवतरण गर्ने सम्मका नारा सहित नीति र कार्यक्रम ल्याएको छ । तर कर्णालीका पिडित जनताको लागि सामान्य उपचारको व्यवस्था अनिवार्य रुपमा गर्ने सम्मपनि काम गरेको छैन । सामान्य औषधीहरु पनि कर्णालीका स्वास्थ्य चौकिमा छैनन् । सामान्य ल्याव पनि गाउँपालिकाहरुमा छैनन् ।

कर्णालीका जनताले वर्षेनि महामारी भोग्ने, तर ओली सरकार सम्वृद्ध नेपालको नारा लगाउँदै गर्ने भएको छ ।

कर्णालीको समस्या हल गर्न नीति तथा कार्यक्रममा ठोस कुरा नआएपनि वजेटमा भएपनि आउने आशमा कर्णालीवासी छन् ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्