Logo
Logo

रुन न हाँस्नु भए, विष्णु पौडेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ललिता निवास बालुवाटारको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल मुछिएकै कारण यसलाई चर्चाको शिखरमा पु¥याउने काम भएको छ । महासचिव पौडेल स्वयंले बालुवाटारको विवादित जग्गामध्ये आठ आना जग्गा आफूले छोरा नवीन पौडेलको नाममा खरिद गरेको भनेर चैत २७ गते विज्ञप्ति नै निकालिसकेका छन् । त्यतिले नपुगेर ०६१ सालमा उक्त जग्गा किन्दा बर्दघाटको आठ कठ्ठा जग्गा बेचेको स्रोतसमेत खुलाएका छन् । तर, पनि सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल पौडेलमाथि खनिन छाडेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०६१ सालमा राजाकै शासनकालमा पौडेलले उक्त जग्गा किनेको भनेर स्पष्टीकरण दिएका छन् । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पौडेल उक्त जग्गामा ठगिएको प्रतिक्रिया दिएका छन् । भूमि सुधारमन्त्री पद्मा अर्यालले पौडेलको बचाउ गरेका छन् । जुन कुरा आवश्यक थिएन । ललिता निवासको ११३ रोपनी जग्गा नेपाल सरकारको नाममा फिर्ता गर्ने निर्णय सरकारले गरेको हो भने प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले पौडेलका लागि यति धेरै टाउको दुखाउनु पर्ने थिएन । त्यसमाथि महासचिव पौडेल स्वयंले सुरुमै विज्ञप्ति निकालेर आफ्नो सत्य कुरा सार्वजनिक गरिसकेका थिए । सत्य पनि त्यही नै हो । प्रधानमन्त्रीदेखि मन्त्रीपिच्छेको ‘बचाउ’ हेर्दा पौडेलको पक्षमा गरेजस्तो देखिए पनि त्यसले विरोधीहरुलाई आगोमा घिउ थप्ने काम ग¥यो ।

पार्टीमा शुत्र, मित्र र प्रतिद्वन्द्वी सबैका हुन्छन् । तर, बालुवाटार जग्गा प्रकरणलाई लिएर महासचिव पौडेलविरुद्ध जुन प्रकारले विरोध जनाइएको छ, त्यसले एउटा व्यक्तिलाई होइन, सिंगो पार्टीलाई कमजोर बनाउन खोजिएको छ । बालुवाटार जग्गा प्रकरणको विवाद नेकपाको एकता महाधिवेशनदेखि आगामी आम निर्वाचनसम्म तन्क्याउने नियत पौडेलविरोधीको रहेको छ ।

अहिलेसम्म निष्कलंक रहेका पौडेलमाथि उनका विरोधीले कुनै आरोप लगाउन सकेका थिएनन् । तर, बालुवाटारको जग्गा विवादले पौडेलको राजनीतिलाई असर पार्ने देखिन्छ । बालुवाटारको जग्गा सरकारले लिने र क्षतिपूर्ति पनि नदिने बताइसक्दा पनि ललिता निवासको जग्गा कब्जा गर्ने मुख्य भूमाफियालाई छाडेर विष्णु पौडेलको मात्रै विरोध गरिरहेका छन् । पौडेलविरोधी पक्षले त आगामी महाधिवेशनमा पौडेललाई महासचिव हुनबाट रोक्न हस्ताक्षर संकलनको अभियान नै थाल्ने योजना बनाएको दृष्टिले फेला पारेको छ । दृष्टि सूत्रका अनुसार नेकपाको स्थायी कमिटीको बैठकमा समेत यसलाई उछाल्ने तयारी भइरहेको छ । बालुवाटार जग्गा काण्डले पौडेल रुन न हाँस्नुको पीडामा छन् ।

प्रतिक्रिया दिनुहोस्