Logo
Logo

लमहीका चर्चित अस्पतालमै औषधि पाउन मुस्किल



लमही । प्युठानका ६२ वर्षीय एमलाल अधिकारी आँखामा समस्या देखिएपछि लमही आए । एक्कासी आँखामा समस्या आएपछि देशकै चर्चित आँखा अस्पताल ‘लमही आँखा अस्पताल’ छिरे । उनी त्यहाँ चार घण्टासम्म लाइनमा बसे ।

अधिकारीको बिहिवार बेलुकी ७ बजे अप्रेसन सफल भयो । आँखाको अप्रेसन गरेका अधिकारीलाई राती ११ बजेबाट अत्याधिक दुखाइको महसुस भयो । उनको कुरुवाको रुपमासँगै रहेका संजु पोख्रेल दुखाइ कम गर्ने औषधि खोज्न आँखा अस्पतालको फार्मेसीमा पुगे । तर, त्यहाँ औषधि पाइएन ।

त्यपछि उनी लमहीको ‘सिड अस्पताल’ पुगे । हातामा ल्याएको आँखा अस्पतालको पर्चा हेर्दै नहेरी उनलाई औषधि नभएको प्रतिक्रिया दिएर पठाइयो । अर्को अस्पतालबट राती आएका सेवाग्राहीलाई औषधि दिन नसकिने सिड अस्पतालका एक कर्मचारीले बताउँछन् ।

सिड अस्पतालले ‘औषधि छैन’ भनेपछि अधिकारीका ज्वाँइ रहेका संजु करिब डेढ किलोमीटर हिँडेर लमहीका चर्चित मेडिकलमा ‘पेनकिलर’ खोज्न भौतारिए । मध्यरातमा उनी फ्लोरेन्स अस्पताल पुगे । उनलाई अस्पतालका कर्मचारीले निन्द्रबाटै ‘पेनकिलर’ छैन भनेर फर्कायाे ।

फ्लोरेन्स अस्पतालका कर्मचारीले ठाडै ‘औषधि छैन’ भनेपछि उनी निराश हुँदै ‘खुस्वु मेडिकल’ पुगे । त्यहाँ भने पोख्रेलले आफूले खोजेको औषधि पाए ।

लुम्बिनी प्रदेशको केन्द्रको रुपमा चिनिने लमही बजारमा क्लिनिक र अस्पतालहरुको कमि छैन । तर, बिरामीहरुले राम्रोसँग स्वास्थ्य सेवा पाएका छैनन् । स्वास्थ्य सेवाको नाममा क्लिनिक र अस्पतालहरुले दादागिरी गरेको पीडितहरुको गुनासो छ ।

स्वास्थ्य माफियाबाट सर्वसाधरण मर्कामा परिहेको लमही बजारका स्थायी गोकुलप्रसाद शर्मा बताउँछन् । अस्पतालको नाममा जनतालाई सास्ती दिने व्यापारीहरुलाई संवधिन निकायले अनुसन्धान गरी कारबाही गनुपर्ने लमही नगरपालिका ४ का ६१ वर्षीय घनश्याम पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्