Logo
Logo

‘जेनेरेशन’मा टिकटक स्टारहरुको मस्ती



काठमाडौं । आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहनालाई समेटेर तयार पारिएको ‘जेनेरेशन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ । गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टि खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठको अभिनय रहेको छ ।
सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई सशान कँडेलको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्