Logo
Logo

प्रहरी नै आश्चर्यचकित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राज्यका निकायहरु बेकम्मा हुँदा देशमा विदेशीको अवैध गतिविधि बढेको छ । कतिपय अवस्थामा राज्यका निकायहरुले नै अवैध गतिविधि गर्ने विदेशीलाई संरक्षण दिदा नेपाल विदेशीको खेलमैदान हुँदै गएको छ ।

हालै अध्यागमन विभागले धर्म प्रचारमा संलग्न अमेरिकन नागरिकलाई बिना कारबाही छाडेपछि प्रहरी अधिकारीहरु चकित भएका छन् । पर्यटक भिसामा नेपालमा बसेर बाइबल बोकेर गाउँ गाउँ पुगेकी सिनक्वान्टा ओलिएना मलाईसहित पाँच जना गत १२ बैशाखमा पक्राउ परेका थिए । चार जनालाई दाङ प्रहरीले नै हिरातमा राखेर कारबाही अघि बढाएको छ भने अमेरिकनलाई कारबाही गरी अमेरिका निष्काशन गर्न प्रहरीले विभागलाई पठाएको थियो । तर, विभागले कारबाही बिना नै छाडेपछि उनीहरुलाई राज्यबाटै संरक्षण रहेको खुलेको हो ।

यसअघि कोरियन, जापानी नागरिक पनि धर्मप्रचारको क्रममा पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेर विभागमा बुझाएकोमा त्यतीबेला उनीहरुलाई निष्काशन गरिएको थियो । तर, अमेरिकन दुतावासको दबाबमा अमेरिकनलाई भने छाडिएको छ । विभागका अधिकारीहरु उनलाई निष्काशन गर्नुपर्ने पक्षमै भएपनि महानिर्देशक ईश्वरराज पौडेलले दबाब थेग्न नसकेको स्रोत बताउँछ ।

गृहमन्त्री रामबहादुर थापाले गत वर्ष आफ्नो भाषणमा देशमा हजारौं चर्चहरु बनाउने सूचना आफूले पाएको बताएका थिए । देशमा बढ्दो धर्म प्रचारप्रति उनको त्यो भनाई लक्षित थियो । तर, उनी मातहतकै अध्यागमनले धर्म प्रचारको क्रममा प्रमाणसहित पक्राउ परेका विदेशीलाई बिना कारबाही छाडेको छ ।

नेपालमा धर्म प्रचारको नाममा करोडौं डलर आइसकेको छ । त्यो पैसा नेताहरुसम्म पुग्ने गरेको थियो । दाङमा पक्राउ परेकाहरुलाई छाड्न दबाब दिएको भन्दै सभामुख कृष्णबहादुर महरा समेत विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्