Logo
Logo

टीभीएस मोटर कम्पनीको ‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुला



काठमाडौं । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रा.लिले नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । टीभीएस मोटर कम्पनीको नेपाली युवालाई लक्षित गरिएको १ सय २५ सीसी श्रेणी अन्तर्गत नयाँ मोटरसाइकल सार्वजनिक गरिएको हो ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गरिएको छ ।

जगदम्बा मोटर्स प्रालिले आजैका मितिबाट नयाँ टीभीएस रेडरका लागि बुकिङ खुला गरिएको जानकारी दिएको छ ।

स्टाइलः

टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटीपनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।

परफरमेन्सः

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ ।

यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल बिवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएका छन् ।

आराम, सुरक्षा र सहजताः

टीभीएस रेडरको विकास यात्रुको आरामदायीता र सहजतालाई विशेष ध्यानमा राखी गरिएको छ । टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।
टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध गरिएको छ ।

टीभीएस मोटर्स कम्पनीका बारेमा :

प्रतिस्थित डेमिंग प्राइज हात पार्न सफल एक मात्र दूई पांग्रे सवारी साधन निर्माता कम्पनी, टीभीएस मोटर कम्पनी, अमेरिकी डलर ८.५ बिलियन टीभीएस गु्रप अन्तर्गतको दूई तथा तीन पांग्रे सवारी साधन निर्माता फ्ल्यागशिप कम्पनी हो । विश्वास, मूल्य मान्यता, उपभोक्ता सन्तुष्टि र सटिकताका सय बर्षिय विरासत माथि बसेको जगका माध्यमबाट नवीन र दिगो प्रक्रियाहरु मार्फत उच्च गुणस्तरका अन्तराष्ट्रिय स्तरमै महत्वकांक्षी उत्पादन पस्किरहेको टीभीएस मोटर्स गतिशिलता मार्फत प्रगतीप्रति विश्वास गर्दछ । कम्पनीले ७० देशमा फैलिएका आफ्ना समस्त टच प्वाइन्टहरु मार्फत उत्कृष्ट उपभोक्ता अनुभव प्रदान गर्दै आइरहेको छ । कम्पनीका उत्पादनहरुले आफ्ना श्रेणी अन्तर्गत विगत ५ बर्षदेखि जेडी पावर आइएक्यूएस र अपिल सवेक्षणमा अग्रता पाइरहेका छन् । टीभीएस मोटर्स जेडी पावर कस्टमर सर्भिस स्याटिसफ्याक्शन सर्भेमा लगातार चार बर्ष सम्म नं.१ कम्पनीका रुपमा रहन सफल कम्पनी हो । थप जानकारीका लागि ः धधध।तखकmयतयच।अयm।

शंकर ग्रुपका बारेमाः

सन् १९९७ मा शंकर अग्रवालद्वारा स्थापित नेपालमा मुख्यालय रहेको शंकर ग्रुप, आफ्नो भर्टिकल्सअन्तर्गत ४० कम्पनी सहितको बहुआयामिक उद्यम हो । नेपालमा व्यवसायिक ईकोसिस्टममार्फत जनताको जीवन समृद्ध बनाउने उद्देश्यका साथ यो समूह सञ्चालनमा रहेको छ । जगदम्बा होल्डिंस र जगदम्बा गु्रप, शंकर कम्पनी अन्तर्गतका प्रमुख लगानीकर्ता तथा प्रवद्र्धक हुन् । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि, नेपालमा टीभीएसका दुई तथा तीन पांग्रे सवारी साधनका लागि एकल आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १ सय ४२ बिक्री तथा वितरण सञ्जाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्