Logo
Logo

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



धनगढी । कैलाली प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका– ४ कौवापुरस्थित छत्रबहादुर बोगटीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका– ४ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी, हेमन्त रावल, वर्ष ६० का नन्दराम धमला, वर्ष ३८ का प्रेम भण्डारी र वर्ष २६ का राज अधिकारी छन् । यस्तै, वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र देवकोटा, वर्ष ३२ का टेकराज अधिकारी, वडा नम्बर २ बस्ने वर्ष २३ का प्रशान्त धामी र वर्ष ४५ का भक्तराज जोशीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनीहरुका साथबाट ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास बरामद गरिएको उनले बताए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्