Logo
Logo

प्रहरीमा चरम राजनीतिक हस्तक्षेप : सरकारको हस्तक्षेपबाट व्यवसायिक प्रहरी निराश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा ६ महिनादेखि रिक्त रहेको एक डिआईजी पदमा गत साता बढुवा भयो । यो बढुवाले प्रहरीमा ठूलो तरंग ल्याएको छ । एसएसपी विश्वराज पोखरेललाई डिआईजीमा बढुवाको सिफारिस भएको छ । सो सिफारिसले प्रहरीमा निकै असन्तुष्टि छाएको छ । यो घटनालाई प्रहरी संगठनमाथि सरकारको चरम हस्तक्षेपका रुपमा लिइएको छ ।

डीआईजी पद रिक्त भएलगत्तै पोखरेललाई बढुवा गर्न राजनीतिक दबाब परेको थियो । तर, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस दबाबलाई अस्वीकार गर्दै आएका थिए । पोखरेल भन्दा सिनियर वीरेन्द्र श्रेष्ठ सो पदका प्रमुख दाबेदार थिए । एसएसपी खनालकै ब्याची श्रेष्ठ सो पदका स्वभाविक दाबेदार भएको उनको दाबी थियो । त्यसपछि मात्र पोखरेलको पालो आउथ्यो । पोखरेल आफ्नो ब्याचका पहिलो नम्बरका एसएसपीका हुन् । उनको ब्याचकै अधिकारीले तीन वर्षपछि प्रहरी नेतृत्व सम्हाल्ने छन् । तर, अहिले नै एक जनालाई मात्र डिआईजीमा बढुवा गर्दा अन्य प्रतिस्पर्धीहरुमाथि ठूलो अन्याय भएको छ । यसले संगठनको व्यवसायिकतामा ठूलो असर पर्ने चिन्ता प्रहरी अधिकारीहरुको छ ।

२०४६ सालदेखि नै राजनीतिक हस्तक्षेपले प्रहरी संगठन कमजोर हुँदै आएको छ । २०४९ सालमा देउवाले ३० वर्षे सेवाहदको नाममा राजनीतिक सुरु गरेको थियो । मोतिलाल बोहरालाई आईजिपी बनाउन देउवाले ३० वर्षे सेवाहद लागू गरेको थियो । त्यसपछि वामदेव गौतम गृहमन्त्री भएको एक महिनामै आईजिपी अच्युतकृष्ण खरेललाई हटाएर प्रहरीमा चरम राजनीति बढाएका थिए । जसको असर अहिलेसम्म पनि प्रहरीमा छ । त्यही घटनाबाट प्रहरी दुई गुटमा विभाजित भएको थियो ।

३० वर्षे सेवाहद कायमै रहेको अवस्थामा अबको करिब तीन वर्षपछि उनको ब्याच प्रहरी नेतृत्वमा पुग्नेछ । जसमा पोखरेलसहित धीरजप्रताप सिंह, उत्तमराज सुवेदी लगायत अधिकृत प्रतिस्पर्धामा छन् । तर, सबैलाई पछि पारेर सरकारले देउवाकै शैलीमा पोखरेललाई मात्र डिआईजीमा बढुवा गरेर संगठनका व्यवसायिक अधिकृतमाथि अन्याय गरेको छ । यो घटनाले प्रहरीलाई कमजोर बनाउने निश्चित छ ।

सधैंको राजनीतिक

२०४६ सालदेखि नै राजनीतिक हस्तक्षेपले प्रहरी संगठन कमजोर हुँदै आएको छ । २०४९ सालमा देउवाले ३० वर्षे सेवाहदको नाममा राजनीतिक सुरु गरेको थियो । मोतिलाल बोहरालाई आईजिपी बनाउन देउवाले ३० वर्षे सेवाहद लागू गरेको थियो । त्यसपछि वामदेव गौतम गृहमन्त्री भएको एक महिनामै आईजिपी अच्युतकृष्ण खरेललाई हटाएर प्रहरीमा चरम राजनीति बढाएका थिए । जसको असर अहिलेसम्म पनि प्रहरीमा छ । त्यही घटनाबाट प्रहरी दुई गुटमा विभाजित भएको थियो ।

दुई वर्षअघि प्रहरी महानिरीक्षक बढुवामा भएको चरम राजनीतिकरण धेरैलाई सम्झना छ । कांग्रेस सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा नवराज सिलवाललाई आईजिपी बढुवा नगर्ने खेलमा थिए । तर, आईजिपी पदका लागि उनी नै सबैभन्दा अगाडि थिए । अदालतले पनि उनलाई नै बढुवा गर्न आदेश दियो । तर, आदेश पालना गर्नुृको सट्टा सरकारले तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीलाई नै महाअभियोग लगाउने काम ग¥यो । यो घटनाले देशको राजीतिमै ठूलो हलचल ल्यायो । जसले प्रहरी संगठनलाई नै कमजोर बनायो ।

अहिले पनि ओली सरकारले प्रहरी संगठनलाई कमजोर बनाउने काम गरेको प्रहरी अधिकारीहरु बताउँछन् । ‘यो बढुवाले प्रहरीको इमान्दारीता र क्षमताको मूल्याङकन हुँदैन भन्ने सन्देष गएको छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘जसले चाकडी गर्न सक्छ, उनी मािथ पुग्ने देखिन्छ । यसको संगठनमा दुरगामी असर देखिने छ ।’

यो घटनाले प्रहरी नेतृत्व समेत कमजोर हुँदै गएको देखिन्छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि समेत गम्भीर प्रश्न उठेको छ ।

पछिल्लो समय हरेक जसो बढुवामा राजनीतिक नेतृत्व हावी हुँदै गएको छ । केही महिनाअघि भएको एसएसपी र एसपी बढुवामा व्यापक चलखेल भएको थियो । डिआईजी बढुवामा चरम हस्तक्षेपले त व्यवसायिक अधिकृतहरु राजिनामा नै दिने मनिस्थितीमा पुगेका छन् ।

डिएसपी ढुंगेल फसे कि फसाइए ?

नेपाल प्रहरीमा एउटा चर्चित नाम हो कुमोध ढुंगेल । काठमाडौं परिसरमा सादा पोशाकमा काम गर्दादेखि चर्चामा आएका उनी गत साता निलम्बनमा परेका छन् । कुनै बेला सिंघम प्रहरी अधिकृतको रुपमा छवी बनाएका ढुंगेल निलम्बनको विषयले प्रहरीमा हंगामा मच्चिएको छ ।

अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुसँग अस्वभाविक रुपमा फोन सम्पर्क देखिएपछि उनी निलम्बनमा परेका हुन् । डकैतीको आरोपमा पक्राउ परेका विक्रम श्रेष्ठसँग उनको सम्पर्क देखिएको विवरण महानगरीय अपराध महाशाखाले मिडियामार्फत सार्वजनिक गरेको थियो ।

त्यसपछि विगतमा पनि उनको अन्य अपराधिक व्यक्तिसँग सम्पर्क देखिएको भन्दै उनलाई कारबाही गर्न दबाब परेको थियो । जेलमा रहेका डनहरु रमेश बाहुन(सुजन पौडेल) र समिरमानसिंह बस्नेतसँग उनको पटक पटक फोन सम्पर्क देखिएको भन्दै त्यसमा छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।

समिरमान उनका सानिमा छोरा हुन् । जसकारण समिरसँगको फोन सम्पर्कलाई कतिपयले सामान्य रुपमा लिने गर्दछन् । जेलमै रहेका डन बाहुनलाई उनले नै भारतबाट पक्राउ गरी नेपाल ल्याएका थिए । तर, आधा घन्टासम्म उनको ढुगेलसँग फोन सम्पर्क देखिएको छ । उनीहरुको अपराधमा ढुंगेलले सहयोग गरेको आशंका कतिपयले गरेका छन् ।

तर, उनले नियमित रुपमै प्रयोग गर्ने नम्बरबाटै फोन सम्पर्क हुने गरेको छ । जेलबाट बस्नेतले फोन गर्दा पनि नाम नै उल्लेख गरेका छन् । जसकारण कतिपयले सूचना संकलनका लागि उनले फोन सम्पर्क राखेको हुनसक्ने बताएका छन् ।

धेरैले ढुंगेललाई ‘रहस्यमय प्रहरी अधिकृत’ रुपमा लिने गर्दछन् । कतिपयले उनलाई सिंघमको रुपमा चिन्दछन् भने कतिपयले उनलाई अपराधिक गिरोहसँग साँठगाँठ रहेको आशंका गर्दछन् ।

इन्सपेक्टरको नम्बर वान पोष्टिङ मानिने तत्कालिन दरबारमार्ग प्रभागका बसे । त्यहाँ हँुदा उनले लाइनको पैसा समेत खाएनन् । रामेछाप जिल्लाको इन्चार्ज हुँदा उनले जिल्लवासीको मन जिते । पुराना घटना पत्ता लगाउनेदेखि गुन्डाहरुको भागाभाग गराए । रामेछापमै हुँदा प्रहरी नेतृत्वले उनलाई चर्चित डन मनोज पुन पक्राउ गर्ने जिम्मा दिएको थियो । जसअनुसार उनको कमाण्डमा गत वर्ष फागुनमा पुन भैरहवामा इन्काउन्टरमा मारिए । काठमाडौं परिसर हुँदा डन दिनेश अधिकारी ‘चरी’ पनि उनकै कमाण्डमा भएको इन्काउन्टरमा मारिएका थिए । जसकारण उनको सिंघको छवी बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हुँदा उनकै राम्रै छवी थियो । त्यसपछि उनको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सरुवा भयो । जहाँ उनी सरुवा हुन चाहेका थिएनन् । उपत्यकामै बस्न चाहेका थिए । त्यही बेला डकैती संलग्न एक समूहसँग उनको सम्पर्क देखिएपछि उनी विवादमा तानिएका हुन् । पटक पटक यस्तो किमिसको विवाद आएपछि निलम्बन गर्नुपर्ने दबाब आएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

कतिपयले भने नियोजित रुपमा उनलाई फसाइएको दाबी गर्छन् । ‘चरी इन्कान्टरको बेला चरीको रुगम कुँवरसँग सम्पर्क देखिएको थियो,’ एक प्रहरी अधिकारी भन्छन्,‘त्यही विषयालाई लिएर ढुंगेलको समूहले कुँवरलाई फसाउन खोजेको थियो, अहिले कुँवरले ढुंगेललाई फसाउन सफल भएका छन् ।’ डिएसपी कुँवर हाल अपराध महाशाखामा कार्यरत छन् ।

जे भएपनि यो घटनामा प्रहरीमा दुई समूहको गुटबन्दी भने प्रष्ट देखिन्छ । यद्यपि डिएसपी ढुंगेलको यसमा धेरै कमजोरी देखिन्छ । आफ्ना कमजोरी सुधार गर्न नसक्दा उनी हिरो प्रहरी अधिकृतबाट जिरो बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्