Logo
Logo

मैत्रियको १४औँ साधारणसभासम्पन्न



काठमाडौं । मैत्रिय बचततथा ऋण सहकारी संस्थाको १४औँ साधारणसभा सम्पन्नभएको छ । सहकारीको उद्देश्यएवम् मूल्य–मान्यताअनुरूप कार्य गरी छोटो समयमै वित्तिय क्षेत्रमाविषेश पहिचानबनाउन सफल मैत्रियको यस वर्षको साधारणसभा कोभिड महामारीकाकारण संस्थासम्बद्ध पदाधिकारी एवम् सदस्यहरूका साथै सीमितअतिथिहरूको उपस्थितिमाभर्चुअल माध्यमबाट तमाम साधारण सदस्यहरूसँग जोडिँदै सम्पन्नभएको हो ।

सभामाप्रमुखअतिथिका रूपमा सहभागीहुनुभएका सूर्यविनायकनगरपालिकाभक्तपुरका सहकारी शाखाप्रमुख राजेन्द्रकुमार श्रेष्ठले सभाउद्घाटन गर्दै सहकारी क्षेत्रको जगेर्ना गर्न सके आमजनताको जीवनस्तर उकास्न सहजहुने धारणा राख्नुभयो । उहाँले सहकारी क्षेत्रमा रहेकाविकृति–विसङ्गति हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै उहाँले ऐन, नियम, नीति–निर्देशिकाबमोजिम संस्था सञ्चालनभएमा समस्यानआउने बताउनुभयो । एक व्यक्तिएक सहकारीको अवधारणा अव्यवहारिक हुने उहाँको तर्क थियो ।

सभापतिको आसनबाट संस्थाकाअध्यक्षबालमुकुन्दउपाध्यायले सहकारी संस्थाहरूबीचको अस्वस्थ प्रतिष्पर्धाबाट टाढै रहेरमितव्ययिता, पारदर्शिता, कानुनको पालना र संस्थागत सुशासनको लागि प्रतिबद्ध रही सदस्यहरूको आर्थिक सशक्तिकरणको लागि अघि बढ्दै उत्कृष्ट सेवादिने कुरामा प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

साधारणसभामा अर्का अतिथिभक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजूले सहकारी अभियानको सुदृढिकरणको लागिजिल्ला बचत सङ्घ हरदमलागिपरेको उल्लेख गर्दै वित्तीय क्षेत्रमा देखापरेको हालको विसङ्गति हटाउन कर्जा सूचना केन्द्र स्थापनाहुनुपर्नेलगायतका महत्वपूर्ण सुझावहरू दिनुभयो ।

संस्थाका सचिव सुमन सिलवाल, कोषाध्यक्षदिवाकर सिलवाल र लेखा समिति संयोजकभाइकाजीखत्रीद्वारा आर्थिक वर्षको प्रतिवेदन प्रस्तुतगरिएको थियो, जसअनुसार कुल सदस्य सङ्ख्या १४ सय रहेको संस्थाले आ.व. ०७७÷७८ मा ३६ करोडको कारोबार गरेको जानकारी दिइयो ।

संस्थाकाअध्यक्षबालमुकुन्दउपाध्यायको सभापतित्वमा सम्पन्न साधारण सभामाअतिथिहरू बालकोट साकोसका जयराजपौडेल, बन्धुत्व साकोसका सानुभाइसिलवाल, सृजना साकोसका रत्नलालश्रेष्ठ र अमरज्योति साकोसका कल्याणचन्द्र भट्टराईले पनिआ–आफ्नो धारणा राख्नुभयो ।

उपाध्यक्षकुवेर श्रेष्ठले स्वागतमन्तव्यदिनुभएको कार्यक्रमको सञ्चालन लेखा सुपरिवेक्षण समिति सदस्य राजेन्द्र पराजुलीले गर्नुभएको सभामाविगतवर्षमाझैँ छनोटमा परेका सदस्यहरूलाई जेष्ठनागरिक सम्मानलगायतविभिन्नविधामा पुरस्कृत एवम् सम्मानितगरिएको संस्थाको सञ्चालक समितिका सदस्यनवीनउप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्