Logo
Logo

गुडविल फाइनान्सको नाफा १४४ प्रतिशतले बढ्यो



काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाउन सफल भएको छ । फाइनान्सले पहिलो त्रैमासमा १४४.१४ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

फाइनान्सले चालु आवको पहिलो त्रैमासमा सात करोड ११ लाख ८८ हजार रुपियाँ खुद मुनाफा कमाएको हो । यस्तो नाफा गत वर्षको सोही अवधिमा दुई करोड ९१ लाख ५९ हजार रुपियाँ मात्रै थियो ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १३० प्रतिशतले बढको छ । यस्तो ब्याज आम्दानी ६ करोड २१ लाख रुपियाँबाट बढेर १४ करोड ३० लाख रुपियाँ पुगेको छ । ब्याज आम्दानी, नेट फि तथा कमिसन आम्दानी, सञ्चालन मुनाफासहितका सकारात्मक सूचककै कारण फाइनन्सको नाफा बढेको हो ।

यो फाइनन्सले नेट फि कमिसनको आम्दानी जम्मा नौ लाख ५३ हजार रुपियाँबाट एक करोड ३४ लाख ६४ हजार रुपियाँ पुगेको उल्लेख छ । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३०.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३७.८९ प्रतिशत बढेको छ ।

मसान्तसम्ममा फाइनान्सको वितरण योग्य १२ करोड ९२ लाख रुपैयाँ रहेको छ । फाइनान्सको निक्षेप १.९७ प्रतिशत बढेको छ भने कर्जा ४.५० प्रतिशत बढेको छ । यो फाइनान्सको चुक्तापुँजी ८६ करोड ७२ लाख रुपियाँ छ । फाइनान्सले पहिलो त्रैमासमा १० अर्ब २७ करोड रुपियाँ निक्षेप संकलन गरेर सात अर्ब ७१ करोड रुपियाँ कर्जा प्रवाह गरेको पनि उल्लेख छ । यसको जगेडा कोषमा एक अर्ब ५ करोड रुपियाँ छ । चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सको जगेडा कोष ४.५४ प्रतिशत बढेको तथ्यांकले देखाउँछ ।

यो फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रति शेयर आम्दानी १४ रुपियाँ ५८ पैसाबाट बढेर ३२ रुपियाँ ८४ पैसा भएको छ । समीक्षा अवधिसम्ममा फाइनान्सको निष्कृय कर्जा अनुपात ३.४ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.४४ प्रतिशत छ भने यसको आधार दर ९.३१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्