Logo
Logo

शिवम् सिमेन्ट्सको २९ प्रतिशत लाभांश पारित



काठमाडौं । शिवम् सिमेन्ट्सको प्रस्तावित लाभांश पारित भएको छ । कात्तिक १६ गते सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्तावलाई पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड २९ लाख रुपैयाँ रहेको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आर्थिक वर्ष २०७८।०७९ को आय व्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

यससँगै कम्पनीले पारित लाभांश सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमार्फत सेयरधनीको बैंक खातामा पठाउने छ । सोको लागि कम्पनीले सेयरधनीलाई आ(आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गरी नगद लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षमा सम्पन्न भएको उक्त सभा भर्च्युअल माध्यमबाट भएको हो ।

प्रतिक्रिया दिनुहोस्