मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट « Drishti News – Nepalese News Portal
Logo

मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट


दृष्टिन्यूज


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघिदेखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्