Logo
Logo

पेस्तोल र लागुऔषधसहित एक युवक पक्राउ



काठमाडौं । प्रहरीले एक युवकलाई पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरेको हो ।

गएराति मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए ।

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागुऔषध बरामद गरेको छ ।

आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ । फेराजबारे अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्