Logo
Logo

बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई



मोरङ । चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ ।

बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंलाई ३–१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो ।

खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरेपनि ४३ मिनेटमा एपीएफका रबि थिङ्ले गोल गर्दै टिमलाई बराबरीमा उभ्याए। पहिलो हापमा रक्षात्मक देखिएको एपीएफ दोस्रो हापमा भने कमजोर देखियो । खेलको ७१ मिनेटमा हिमालयन शेर्पाका बिदेशी खेलाडी
मुटुम्बाले र ८९ मिनेटमा सुरेश कुमालले १–१ गोल गर्दै टिमलाई विजयी भएका छन् ।

सशस्त्रले रारा फुटबल क्लब राजारानीलाई र हिमालय शेर्पाले रोलिङ क्लब झापालाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । उपाधिसंगै हिमालयनले नगद ५ लाख र उप बिजेता एपीएफले नगद २ लाख ५ हजारको साथमा
ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । डागिहाट युथ क्लबको आयोजना गरेको गोल्डकपमा ८ टीम सहभागी थिए । कात्तिक ११ देखि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्