Logo
Logo

सिटिजन्स बैंकद्वारा १६ प्रतिशत लाभांश पारित



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १५ औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । मंगलबार नारायणहिटीपथस्थित केन्द्रीय कार्यालय रहेको भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न १५ औं साधारणसभाले संचालक समितिबाट गएको १६ प्रतिशत लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२,९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाले पारित गरेको हो । बोनस शेयर वितरणपछि बैककोे चुक्तापुजी १४ अर्ब २० करोड पुगेको छ ।

सभाले २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित समेत गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको बैंकले जनाएको छ ।

साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालकको रुपमा प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई निर्विरोध चयन गरेको छ । सभामा अध्यक्ष भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्नसक्ने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिव रु.१ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने रु. १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र रु. ६९ करोड खुद मुनाफा आर्जन गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्