Logo
Logo

श्रवण मास्के बैंक अफ काठमाण्डूको सीईओमा नियुक्त



काठमाडौं । बैंक अफ काठमाण्डूको सीईओमा श्रवणलाल मास्के नियुक्त भएका छन् । मास्केलाई बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मास्के हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको अवकाससँगै तीन महिनादेखि उनले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बैंकले जनाए अनुसार मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसंग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ जसले उहाँलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मास्केज्यूले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्