Logo
Logo

‘प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई पठाएको पत्र तुरून्त सार्वजनिक गरियोस्’



काठमाडौं । एमसीसीको खरो विरोध गर्दै आएका नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका सम्बन्धमा पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी कोप–२६ सम्मेलनमा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री देउवाले प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर पत्र पठाइसकेको भनेपछि रावलले तत्काल पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

उपाध्यक्ष रावलले एमसीसी पास गर्ने भनि पत्र पठाइनु राष्ट्रघात रहेको भनेका छन् । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो, रावलले ट्वीटरमा लेखेका छन् ।

प्रधानमन्त्रीले प्रचण्ड र मैले पत्र लेखिसकेका छौ भने पछि रावलले प्रचण्डको हैसियतबारे पनि प्रश्न गरेका छन् । प्रचण्डको पत्र के हैसियतले पठाइयो ? भन्दै प्रश्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्