Logo
Logo

चीनकी नयाँ राजदूतलाई फ्रि तिब्बतको चुनौती





काठमाडौं, २२ पुस ।
नेपालमा चासो बढाउँदै लगेको उत्तरी छिमेकी चीनले युवा डिम्लोम्याटलाई खटाएको छ । चीन र पाकिस्तानको सम्बन्धलाई मजबुत बनाउन सफल भएकी हाउ यान्छीलाई नेपाली राजदूतमा पठाइएको हो । अघिल्लो शनिबार नेपाल आइपुगेकी छिन् । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएसँगै यान्छीको औपचारिक कार्यकाल नेपालमा सुरु हुने छ । यसअघि चिनियाँ विदेश मन्त्रालयको एसियाली शाखाकी उपमहानिर्देशको जिम्मेवारीमा रहेकी होउ नेपालसहित समग्र दक्षिण एसिया मामलाबारे जानकार युवा डिप्लोम्याट हुन् । जसकारण काठमाडौंको कुटनीतिक वृत्तमा उनको यतीबेला चर्चा भइरहेको छ । नेपालमा थप एग्रेसिभ कुटनीति अपनाउन उनलाई पठाइएको स्रोत बताउँछ ।



नेपालमा आउने हरेक चिनियाँ राजदूतको चासो नेपालमा हुनसक्ने चीनविरोधी गतिविधि न्यूनीकरण हुने गरेको छ । नेपाललाई प्रयोग गरेर भारत तथा पश्चिमा देशहरुले फ्रि तिब्बत गतिविधि सञ्चालन गर्दै आएकाले त्यसको नियन्त्रण नै चिनियाँ राजदूतको सफलताको आधार हुने गर्दछ ।
नयाँ चिनियाँ राजदूतका लागि भने कार्यकाल सुरु भएसँगै नयाँ चुनौती थपिने भएको छ । किनकी उनी आएसँगै नेपालमा रहेका तिब्बती शरणार्थीहरु चीनविरोध गतिविधि चर्काउने तयारीमा छन् ।
नेपालबाट स्वतन्त्र तिब्बत आन्दोलनका लागि कमाण्डर तोकिएका छन् ।
सन् २००८ को बइजिङ ओलम्पिक असफल बनाउनका लागि सन २००८ मार्च १४ का दिन चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा दंगा भड्केको थियो । त्यो दंगामा सयौंको सख्यामा तिब्बती नागरिकको मृत्यु भएको थियो । सोही दंगामा भएको दमनको बिषयलाई लिएर नेपालमा रहेका तिब्बती शरणार्थीहरुले समेत तीन महिना लामो आन्दोलन गरे । ती आन्दोलन अन्तराष्ट्रिय सञ्चारमाध्यममा आएपछि चीन समस्यामा परेको थियो । त्यो आन्दोलनका तत्कालिन कमाण्डर थिए दलाई लामाको नेपाल स्थित प्रतिनिधीको कार्यालय(गाडेन खाङसार) लाजिम्पाटस्थित नेपाल प्रतिनिधी थिन्ले ग्याट्सो । सन २००५ देखी २०११ सम्म नेपाल प्रतिनिधी भएर काम गरेका थिन्ले ग्याट्सो जनवरी १ देखि नेपालमा खटिएका छन्, फ्रि तिब्बत आन्दोलन चर्काउने योजनासहित ।
उनी २०११ मा भारतमा रहेको दलाई लामाको निर्वासित सरकारले धर्मशालामा झिकाई अर्थ मन्त्रालयको सचिव पदमा नियुक्ति दिएको थियो । सन २००१८ को अक्टुबरमा अर्थसचिवबाट अनिवार्य अबकाश पाएका थिन्लेलाई दलाई लामाको निर्वासित सरकारका प्रमुख लोप्साङ साङगेले सन २०१९ को जनवरी देखी नेपालबाट स्वतन्त्र तिब्बत आन्दोलनका लागि कमाण्डर तोकेर खटाएको स्रोत बताउँछ । हाललाई ललितपुरको जावलाखेलमा रहेको स्नोलाईन फाउन्डेशनको कार्यकारी निर्देशकको रुपमा काम गर्ने भनी जिम्मेवारी दिएको भएपनि उनको मुख्य काम भनेको चीन बिरोधी गतिबिधीलाई बढाउने नै हो । नेपालमा रहेका तिब्बती शरणार्थीलाई सहयोग जुटाउने काम स्नोलाईन फाउणडेशनको गर्छ । आन्दोलनमा हुने खर्च समेत सोही संस्थाबाट बेहोरिने गरिएको छ ।
यही बेला नयाँ चिनियाँ राजदूतका लागि नेपालको पोस्टिङ चुनौतीपूर्ण हुने देखिन्छ । यद्यपी नेपाल सरकारले भने चीन विरोधी गतिविधि रोक्न सघाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्