Logo
Logo

देउवा भन्छन- ‘महाधिवेशन पार्टी सभापतिको हातमा छैन’


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।’

निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ, भने ।

कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रहसमेत गरेका छन् । उनले भने, ‘जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हुँदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।’

पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।’

प्रतिक्रिया दिनुहोस्