Logo
Logo

एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता भएको छ । स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका देशभरी रहेका २ सय ८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर भुक्तानी पाउने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्