Logo
Logo

जुवा खालबाट कांंग्रेस दोलखाका सभापति बर्मा लामा पक्राउ



फाइल फोटो

काठमाडौं । नेपाली कांंग्रेस दोलखाका सभापति बर्मा लामा जुवाको खालबाट पक्राउ परेका छन् ।

विशेष सूचना आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार जुवा खेलिरहेका लामालाई काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट पक्राउ गरेको हो ।

लामासँगै जुवा खेलिरहेका १८ जना जुवाडे समेत पक्राउ परेका छन् । जुवाखालबाट प्रहरीले ६ लाख रुपैयाँ नगद बरामद गरेको छ । जुवा खेलाउने सागर लामा भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्