Logo
Logo

पोर्तुगलमा नेपालीमाथि दुव्र्यवहार गरेको आरोपमा चार सैनिक पक्राउ


- दृष्टि न्युज/संवाददाता


पोर्तुगल, २६ बैशाख । विलि नोआ डे मिलफन्टेसमा कृषकको काम गर्दै आएका दुई नेपाली आप्रवासीलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ ।
घटना सन् २०१८ अक्टोबरको हो । एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूले नेपालीमाथि अपहरण र आक्रमण तथा दुव्र्यवहारको अभियोगमा पोर्तुगलको न्यायिक प्रहरीले आज बिहीबार पक्राउ गरेको हो ।
कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ । नेपाली कामदार र कृषि माकिकको बिचमा बिबाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुव्र्यवहार र शक्ति प्रदर्शन गरेकोले कारबाहीका लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्तुगलको न्यायिक प्रहरीले जनाएको छ ।
आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ । शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएको र पछि उनले फोन गरेर अन्य ३ सैनिकलाई बोलाएर नेपालीमाथि दुव्र्यवहार गरेका थिए । नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुव्र्यवहार गरेको बताइएको छ ।
न्यायिक प्रहरीले पिडित नेपालीहरुको को–को थिए र खेती कम्पनीका मालिक को हुन् भन्ने बारेमा केही उल्लेख गरेको छैन । जीएनआरको यो ज्यादतीबारे पिडितहरुले पोर्तुगलको न्यायिक प्रहरीलाई उजुरी गरेपछि लामो समयको अनुसन्धान र प्रमाणको आधारमा ४ जना जिएनआर सैनिकहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारबाहीका लागि भोलि ओदिमेरा अदालतमा उपस्थित गराइँदै छ ।

प्रतिक्रिया दिनुहोस्