Logo
Logo

राष्ट्रपति र ओलीबीच के विषयमा छलफल भयो ?



फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली आज शितल निवास पुगेका हुन । सरकारबाट बाहिरिएपछि राष्ट्रपति र ओलीबीच यो पहिलो भेट हो । भेटमा पछिल्लो समय न्यायालयमा भएको विवादका बारेमा छलफल बताइएको छ ।

राष्ट्रपति–ओली भेटमा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबारे पनि कुराकानी भएको छ । राष्ट्रपति भण्डारी नवौं महाधिवेशनमार्फत उपाध्यक्ष निर्वाचित भएका थिए । एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्