Logo
Logo

बाढीपीडितका लागि जसपा नेपालले दियो २१ लाख


189
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ रकम जम्मा गराएको छ ।

जसपाले भोटेकोसी–त्रिशूली बाढीपीडितका लागि २१ लाख रुपैयाँको चेक मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । जसपा नेपालले विज्ञप्ति जारी गरेर रसुवा बाढी प्रभावितका लागि २१ लाख रुपैयाँ सहयोग गरेको जानकारी गराएको छ ।

‘रसुवागढी तथा भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो । जनता समाजवादी पार्टी, नेपाल यस संकटको घडीमा विपद् प्रभावित नागरिकहरूको साथमा रहेको छ र नेपाल सरकारको उद्धार राहत तथा पुनस्र्थापना अभियानलाई समर्थन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्