Logo
Logo

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले ५९ मत पाउँदै विश्वासको मत पाएका हुन् ।

बागमती प्रदेशसभाका १०९ प्रदेशसभा सदस्यमध्ये मत विभाजनमा १०४ जना सहभागी थिए । जसमध्ये उनलाई ५९ जनाले विश्वासको मत प्रस्तावको पक्षमा र ४७ जनाले विपक्षमा मतदान गरेका थिए । त्यसैगरी, २ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन्।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेलाई सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले विश्वासको मत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्