Logo
Logo

संविधान संशोधन नभए अर्को बनाउने उपेन्द्र यादवको चेतावनी



रुपन्देही । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् । उनले संघीयताविरोधीले संविधान बनाएकाले यसको संशोधन अपरिहार्य भएको बताएका हुन् ।

रुपन्देहीको धकधईमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अहिलेको संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने चेतावनी दिए ।

उनले भने, ‘कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ’, यादवले भने, ‘यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन् ।’

उनले ७ वटा प्रदेशको नक्सांकन र नामाकरण अव्यवहारिक र अवैज्ञानिक भएको पनि उल्लेख गरेका छन् । उनले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार १० वटा प्रदेश नै उचित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्