Logo
Logo

‘जलवायु परिवर्तनका लक्ष्यबाट विश्व धेरै टाढा’



काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तनका लक्ष्य हासिल गर्ने दिशामा विश्व टाढा रहेको र धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

‘विश्वका नेताले यो दिशामा केही काम त गरेका छन् तर अधिकांश देश जति महत्वाकांक्षी हुनुपर्ने हो,हुन सकेका छैनन्,’उनले ग्लास्गोमा जारी जलवायु सम्मेलनमा भने,‘हामी सामूहिक तथा व्यक्तिगत दुवै हिसाबले लक्ष्य हासिल गर्नबाट धेरै टाढा छौं।’ जलवायुसम्बन्धी ऐतिहासिक पेरिस सम्झौता ओबामा राष्ट्रपति रहेका बेला सन् २०१५ मा भएको थियो ।

‘यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धिदरलाई १।५ प्रतिशतमा सीमित राख्न कठिन छ,’ ओबामाले भने, ‘हाम्रा राजनीतिक संयन्त्र ढिला छन् र अन्तर्राष्ट्रिय वार्ता सजिलो छैन। तर, कडा र लगातारको प्रयासले हामी यसको गति अगाडि बढाउन सक्छौं ।’आफूपछिको अमेरिकी सरकारले पेरिस सम्झौताबाट हात झिके पनि वर्तमान सरकार जलवायु परिवर्तनप्रतिको प्रतिबद्धतामा पुनः फर्केको प्रसंग जोड्दै उनले भने,‘जलवायु परिवर्तनलाई सम्बोधन गर्न अमेरिकाले गर्ने सहयोगमा व्यापक बढोत्तरी भएको छ र सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रलाई गरिने सहयोग बढाइएको छ ।’

आफूपछिको सरकार जलवायु परिवर्तनप्रति अनुदार रहे पनि अमेरिकाको निजी क्षेत्र र जनताले यो अभियानलाई निरन्तरता दिएको दाबी उनले गरे । यसैगरी अमेरिकामा हरित ऊर्जा क्षेत्रले ३० लाख मानिसलाई रोजगार उपलब्ध गराएको र यो संख्या खनिजजन्य उद्योगभन्दा बढी रहेको उनले बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्