उपयुक्त पर्यटकिय गन्तव्य ‘नुवाकोट’ « Drishti News – Nepalese News Portal
Logo

उपयुक्त पर्यटकिय गन्तव्य ‘नुवाकोट’


दामोदर खनाल


काठमाडौं । नेपाल अग्रेज यद्धसंग जोडिएको पाल्पा तिनाउमा पर्ने पर्यटकिय क्षेत्र नुबाकोट गढीको निकै महत्व छ । जनु एतिहासिक गढीको जति चर्चा र महत्व छ त्यो अनुसार यसले संरक्षण र प्रचार प्रसारभने पाउन सकेको छैन ।

जुन गढीमा बसेर तत्कालिन पाल्पाका कमाण्डर उजीर सिह थापाले नेपाल अग्रेज युद्धका बेला ( सन् १८१४ देखी १८१६) योजना बनाएर अग्रेज फौजलाई परास्त गरेका थिए । बुटवलको जीतगढी र नुवाकोटको ठूलो र सानो दुई बटा गढी गरि ३ वटा गढीमा बसेर नेपाली सेनाले शैनिक कला प्रदर्शन देखाएका थिए । जसका कारण यी गढीले अग्रेज फौजलाई परास्त गर्न ठूलो महत्व राख्छ । तर यो बिजयको थला नुवाकोटेले खास महत्व पाउन सकेको छैन ।

व्यस्त दैनिकी र प्रदुषण युक्त शहरबाट केही पर शान्त र रमणिय परिवेशको अवलोकनमा निस्कनेहरुका लागि पाल्पा जिल्लाको दोभान गाविस बडा नम्बर २ मा पर्ने नुवाकोट गढीको भ्रमण उपयुक्त रमणिय ठाउँ हुन सक्छ । तराईबासि कतिपयलाई पहाड कस्तो होला भन्ने पनि हुन्छ । कतिलाई युद्ध कौशल प्रयोग गरिएको ठाउँ कस्तो होला भन्ने लाग्न पनि सक्छ ? त कतिलाई पहाडबाट बुटवल सहर र तराई कस्तो देखिन्छ भन्ने पनि होला ।

तसर्थ पहाड चढ्ने, बरिपरिको दृश्य हेर्नका लागि यो ठाउँ रमणीय पनि छ । बुटवल आसपासकाहरु त यो ठाउँमा बिहान गएर साँझ फर्किन सकिने हुनाले पनि नुवाकोट भ्रमण सहि निर्णय हुन सक्छ । भनिन्छ जहाँ बाहिरबाट आएकाहरु बुटवललाई केन्द्र बनाएर पैदल वा सवारी साधनबाट त्यहा घुम्न जान सकिन्छ ।

हरियाली, डाँडाँकाडाँ, बनजंगल, गाँउबस्तिको रमणिय दृश्य हेर्नको लागि ट्रेकिङ्क बाटै यहाँको यात्रा गर्नु पनि उपयुक्त हुन्छ । बुटवलको फुलबारी नजिकबाट करिब २÷३ घण्टाको उकालो निस्किएपछि नुवाकोट पुगिन्छ । जंगलको बिचबाट सामान्य सिढीबाट बनेको बाटो हुँदै बिश्राम गर्दै उकालो निस्किएपछि सानो बस्ति आउछ । यो पहिला पाल्पा लगाएत उत्तरतिर नून तेल बोकेर हिडेने पुरानो बाटो पनि हो । बाटोमा कुनै पसल वा खानेपानीको व्यवस्था नभएकाले उकालो निस्कीदा खाजा, पानी साथैमा लैजानु उपयुक्त हून्छ । माथि पुगेपछि पातलो बस्ति रहेको यस ठाँउमा सुविधायुक्त होटलहरु नभएपनि खाना, नास्ता खाने सामान्य होटल भनि छन् ।

नुवाकोट डाँडाको शिरमा पुगेपछि मूख्य गढीसंगै एउटा मन्दिर रहेको छ । यो मन्दिर १५ औं शताब्दिमा राजा रुद्रसेनले स्थापना गरेका हुन । जुन मन्दिर परिषरमा ठूलो त्रिशुलपनि जडान गरिएको छ भनी तिनाउ गाउँपालिकाको पहलमा मन्दिर वरिपरि २०६२/०६३ मा जिर्णेद्धारको काम भएको छ । सडक ग्रावल सडक बनेपनि बरिपरि पर्यटक आकर्षण गर्ने अन्य आकर्षक भौतिक संरचना भनि निर्माण हुन सकेको छैन ।

बिगत केहि वर्ष देखि सोहि मन्दिरमा पुजारी रहदै आएका अर्जुन पौडेल बिदा र शनिबारको दिनमा अन्य समयमा भन्दा बढी मानिसहरु घुमघामको लागि आउने बताउँछन् । यहा रहेको कालभैरव कामना मन्दिरमा दर्शन गर्नाले मनोकामना पुरा हुने वताउदै पुजेरी पौडेल यहाको भैरबलाई महिलाले भनी हेर्न नहुने वताउँछन् ।

मन्दिरबाट केहि पर भ्यु टावरको निर्माण गरिएको छ । जहाँबाट बसन्तपुर, शिद्धबाबा क्षेत्रको शिर, नागबेली डाँडाँकाडा, तिनाउ र सम्पूर्ण बुटवल शहरको मनमोहक दृश्य पनि देख्न सकिन्छ । टावर वरिपकिो वाताबरण प्रदुषित भएकोले सरसफाई आवश्यक देखिन्छ ।

यहाँ भ्रमणको लागि पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट बढि आउने गरेको पुजेरी पौडेलले बताए । हुन त नुवाकोट पुग्नका लागि सवारी साधन मार्फत बुटवलबाट आधाघण्टामा पनि पूग्न सकिन्छ । दोभान बाट झोलुङ्गे पुल तरेपछि मोटरसाईकल आदि मार्फत पनि पुग्न सकिन्छ । बाटो निर्माणाधिन रहेकाले केही समयमा ठूला सवारी साधनबाट पनि यात्रा गर्न सकिनेछ ।

बुटवलवाट पहिलो चोटी नुवाकोट पुगेका नेपाल भूतपूर्व शैनिक कल्याणकारी महासंघका महासचिव कुल बहादुर केसीले आफु भारतीय भूपु रहेको बताउदै यो किल्ला देख्दा बीर गार्खालीहरुको याद आएको बताउदै अग्रेज फौजलाई हराउन सफल यो किल्लाको संरक्षण गरी नयाँ पिढीलाई यस्को महत्व बुझाउन आवश्यक रहेको बताए ।

पछिल्लो समय भ्रमणयोग्य ठाँउहरु आफै पहिचान गर्न रुची राख्ने जनमानसको संख्या बढ्दै गएकाले पनि होला नुवाकोट पुग्नलाई उकालो निस्कनेहरु पनि बढ्दै गएको त्यहाँका स्थानियबासिहरुको अनुमान छ । आन्तरिक पर्यटन प्रर्बद्धनको राम्रो सम्भावना बोकेको यो ठाँउलाई साइकिलिङ्ग वे, बुटवलदेखि नुवाकोट सम्म केबलकारको निमार्ण, सुविधायुक्त ट्रेकिङ्ग वे, नुवाकोट डाँडाँमा होमस्टे जस्ता पूर्वाधारहरु विकास गरि आर्कषक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना देखिन्छ ।

यसैबीच पुरानो बटौलीको हाईस्कूल नजिकबाट नुवाकोट सम्म केवलकार संचालनका लागि शिद्धार्थ केवलकार कम्पनीले महत्वाकाक्षि योजनाका साथ निर्माण सुरु गरेपनि कामले गति लिनभनि सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्