Logo
Logo

कुमारी बैंकको १७औं तथा १८औँ वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडको १७ औं तथा १८औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७३/७४ र आव २०७४/७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

साधारणसभाले शेयरधनीहरुलाई आव २०७३/७४ को लागि १२.७५ प्रतिशत बोनस शेयर र आव २०७४/७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारीपश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु ८ अर्ब ६८ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप रु. ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम रु. ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ४२ करोड तथा रु. १ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ८८ शाखा संजाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ शाखारहित बैंकिङ एकाइमार्फत देशभरि आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्