Logo
Logo

केपी खनालद्धारा निर्मित बालगृह महानायक हमालले उद्घाटन गरे


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, बाजुरा ।
नेपालका कान्छा अभियान्ता केपी खनालद्धारा निर्मित अनाथ बालगृहको उद्घाटन नेपाली चलचित्रका महानायक राजेश हमालले गरेका छन् । बालगृहको उद्घाटन गर्दै हमालले युवालाई समृद्धको प्रमुख श्रोतका रुपमा व्याख्या गरेका छन् । बाल स्याहार गृहको उद्घाटनका लागि बाजुरा पुगेका हमालले युवाको उर्जा विकासमा खर्चिनु पर्ने बताए ।

हमालले कान्छो अभियान्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृह प्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको श्रोत हुनु पर्ने बताएका छन् ।

बहुसंख्यक युवाहरुमा प्रतिभा भएपनि अवसर नपाएर शक्तिखेर गएको बताएका छन् । अवसरको कमी छ, राज्यले त्यसको ग्यारेन्टी गर्न सके युवा शक्तिलाई समृद्धीका लागि प्रयोग गर्न सकिने बताएका छन् । बाजागाजा सहीतको भव्य स्वागत र न्यानो आतिथ्यता पाएका हमालले बाजुरालीसँग चलचित्रको पर्दासँगको सम्बन्ध औपचारिक भेटमा परिणत भएकोमा खुसी व्यक्त गर्नु भएको छ ।

जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महातना हो, हमालले भने । भवन ५० लाख बढीको लागतमा निर्माण भएको हो । देश विदेशमा रहेका सबै नेपालीहरुको महान दिलबाट निर्माण भएको बाल स्याहार गृहले अनाथको अभिभावक बनेर काम गर्न सकोस् भन्ने शुभेच्छा दिएका छन् ।

पूर्व मन्त्री एवं नेकपा सुदूर पश्चिम प्रदेश कमिटी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कर्णबहादुर थापाले हमाललाई कन्सन बाजुरा र बाल स्याहार गृहको तर्फबाट सम्झनाको चिनो हस्तान्त्रण गरेका छन् । अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका आइडल भएको बताएका छन् ।

हमालले बाजुराको प्रकृति, सुन्दरलाई र मान्छेहरुको आतिथ्यताबाट प्रभावित भएको बताएका छन् । उनले आपसी सहयोग र भाइचाराले समाज शान्त र मजबुद हुने भन्दै समाज बदल्न र सकारात्मक रुपान्तरणमा सबैको योगदान आवश्यक हुने बताएका छन् ।

कार्यक्रममा गृह निर्माण कर्ता एवं कान्छो अभियान्ता केपी खनालले साझा हित र परोपकारी कार्य राजनीति आस्था र स्वार्थ माथि राखेर गर्न अपिल गरेका छन् । क्लिीन काष्ठमाण्डप अभियानका अभियान्ता खनालले बाजुरा जस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउँन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

उनले ग्रिनसीटी हस्पीटलका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र महान नायक राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताएका छन् । कार्यक्रममा पूर्व मन्त्री कर्णबहादुर थापाले सरकारका तर्फबाट हुने सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।

२०७२ सालबाट बाल गृह सञ्चालन गरिएको थियो । ४ जना बालबालिकाबाट सुरु गरिएको गृहमा हाल १३ जना अनाथ बालबालिका छन् । गणेश थापाको सोचबाट सुरुवाद गरिएको कन्सन बाजुरालाई हाल बहादुर थापाले नेतृत्व गरिरहेका छन् । बाल स्याहार गृहलाई स्थानीयले अनाथ बालबालिकाको सम्पत्तिका रुपमा लिएका छन् ।

कार्यक्रममा एक दर्जन बढी सामाजिक व्यक्तित्वलाई सम्मान गरिएको छ । भवन निर्माण देखि सके हजार नसके प्रचार अभियानमा साथ दिएको भन्दै सम्मान गरिएको अभियान्ता केपी खनालले बताएका छन् ।

सम्मानीत हुनेम काठमाडौंबाट प्रकाशित प्रशारित हुने एक दर्जन मिडीया कर्मी, क्लिीन काठमाडौंका सहयोगी अभियान्ताहरु छन् । भने बाजुराबाट रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओली, प्रकाश सिंह र अछामका मेनुका ढुंगाना रहेकी छन् । यस्तै रेडियो बाजुरा र रेडियो पौरखीलाई पनि प्रंशसा पत्र प्रदान गरिएको छ ।

यस्तै कन्सन बाजुराका तर्फबाट जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा कलाकार टंक तिमिल्सेना सहीतले प्रस्तुती दिएका थिए । भवनको गएको वर्ष बैशाख २५ गते आजकै दिन शिलान्यास गरिएको थियो भने आजै उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्