Logo
Logo

गरुड पुराण : कर्माको दोहोरो भूमिका



काठमाडौं । आउँदो ४ माघमा सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा हेर्न पाइने भएको छ ।
नायकको रुपमा युवा भूमिका निर्वाह गरेका उनी पौढ भूमिका पनि यो फिल्ममा भएको निर्माण पक्षले खुलासा गरेको छ । शनिबार निर्माण पक्षले यो फिल्मको केही तस्बिर सार्वजनिक गर्दै फिल्ममा कर्मा दुई फरक भूमिकामा रहेको जानकारी गराएको हो ।
यो चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो फिल्ममा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् । तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोईरालाले यसबारे प्रकाश पारेका हुन् । सिनेमामा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । तर दुबै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।
कर्माको दोहोरो भूमिका बारे कोईरालाले भने, ‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जती सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूण भएपनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन् ।’
सुवास कोईरालाले निर्देशन गरेको गरुड पुरुण हास्य प्रधान चलचित्र हो । चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटासहितको अभिनय छ ।
आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्