Logo
Logo

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथी



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका छन् ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा मंगलबार बिहान दिल्ली गएका थिए । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका हुन् ।

प्रधानसेनापति शर्माले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ । उनले मंगलबार नै भारतका सेनाध्यक्ष नरवणेलाई भेटेका थिए ।

प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी आरसी खत्रीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्