Logo
Logo

एमाले डडेलधुरा अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश



काठमाडौँ । नेकपा एमाले डडेलधुराका अध्यक्ष तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका जोशीसहित जिल्ला कमिटीका थुप्रै नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

जोशीलाई डडेलधुरामा आयोजित कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे । पार्टी प्रवेशपछि जोशीले एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति विपरित गतिविधि गरेकाले सुदूरपश्चिममा एमालेमा तीव्र असन्तुष्टि रहेको बताए ।

पार्टीको केन्द्र र प्रदेश नेतृत्वले गत पुस ५ गते गठन गरेको जिल्ला नेतृत्वलाई प्राथमिकतामा राखेपछि जोशीसहित नेताहरु असन्तुष्ट रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्