विश्वकै सबैभन्दा उच्च स्थानमा रक्तदान कार्यक्रम हुने « Drishti News – Nepalese News Portal
Logo

विश्वकै सबैभन्दा उच्च स्थानमा रक्तदान कार्यक्रम हुने


दृष्टि संवाददाता


काठमाडौं । विश्वमै सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा कात्तिक २६ गते रक्तदान कार्यक्रम हुने भएको छ ।

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरेर दुर्गम क्षेत्रका मानिसहरुलाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको लायन्स क्लव अफ काठमाण्डौ ब्लड सर्कलले जानकारी दिएको हो ।

क्याम्प सञ्चालन गर्नुको उद्देश्य दुर्गम क्षेत्रको मानिसहरुलाई पनि रक्तदान सम्बन्धि चेतना जगाउन् र रक्तदान गर्न प्रेरित गर्नु रहेको क्लबले जनाएको छ । विश्वमै अहिले सम्मको सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा हुन लागेको रक्तदान कार्यक्रम अन्तर्गत क्लबका सदस्यहरु साथै स्थानीयहरुसमेत गरी करीब १ सय पिन्ट रक्तसंकलन गर्ने उद्देश्य रहेको जनाइएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चार्टर अध्यक्ष अनिलरत्न तुलाधारले लकडाउनमा नेपालमा रगतको कमी हुने भएको महसुस गरेर सानो ब्लड डोनेसन टिम बनाएको बताए ।

लायन्स क्लबका सेकेन्ड भिडीजी मनीश्रीरत्न बज्राचार्यले नेपालमा ४८ हजार लायन्सहरु रहेको उल्लेख गर्दै नेपाल सानो राष्ट्र भएपनि ४८ हजारहरु लायन्समा सहयोग गर्ने उद्देश्यले लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्