Logo
Logo

सुनसरी एमालेमा भाँडभैलो : नेताहरुबीच माइक खोसाखोस



सुनसरी । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरी जिल्ला कमिटी बैठकमा विवाद भएको छ । बुधबार एमालेको २०७५ जेठ २ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर भाँडभैलो भएको हो ।

सदरमुकाम इनरुवामा बोलाइएको जिल्ला बैठकमा नेताहरुबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको छ ।

विवाद २ जेठका विषयमा साविक अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच भएको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि विवाद बढेको थियो ।

बैठकमा निरौला बोल्ने क्रममा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक नै खोस्न पुगेका छन् । माइक खोसेपछि चौधरी भने कार्यक्रमस्थलबाट बाहिरिएका छन् । यसैबीच धरानका ३२ जना एमाले नेता कार्यकर्ताले उक्त बैठक बहिष्कार गरेका छन् ।

त्यस्तै जिल्ला कमिटीका ३२ जना नेताले बैठक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्