Logo
Logo

अष्ट्रेलियाकी एनआरएन अनुष्का भइन् २५औँ ‘मिस नेपाल’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख ।  ‘मिस नेपाल–२०१९’को ताज अनुष्का श्रेष्ठले पहिरिएकी छन् । आफ्ना २४ जना प्रतिस्पर्धीर्ला पछि पार्दै अनुष्काले यस वर्षको मिस नेपालको ताज आफ्नो पोल्टामा पारेकी हुन् ।
प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ ‘मिस नेपाल’ बन्न सफल भएकी हुन् । अनुष्कालाई गत वर्षकी मिस नेपाल शृंखला खतिवडाले ताज पहिराइदिएकी थिइन् । अनुष्का अष्ट्रेलियाकी एनआरएन हुन् ।
बिहीबार राती अबेर सम्पन्न कार्यक्रममा प्रदिप्ता अधिकारी ‘मिस युनिभर्स–२०१९ घोषित भएकी छन् । त्यस्तै, मिस नेपाल अर्थ २०१९ को ताज रिया बस्नेतले पहिरिएक छन् । प्रतियोगितामा मिस नेपाल ईन्टरनेशनल–२०१९ को ताज मिरा कक्षपतिले जितिन् भने । मिस नेपाल सुपर नेशनल २०१९ रोज लामाले हात पारिन् । हिडेन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको यो २५औँ संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्