Logo
Logo

माओवादी नेता झा एकीकृत समाजवादीमा प्रवेश गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले पार्टी छोड्ने भएका छन् । उनी माओवादी केन्द्र छोडेर माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् ।

उनी माओवादी केन्द्र छोडेर नेकपा एस प्रवेश गर्न लागेको नेकपा एसका नेताहरुले दावी गरेका छन् ।

उनी पार्टी प्रवेश गर्ने विषयमा नेकपा एसका नेताहरुले दावी गरेका छन् । नेता झा एमाले, नयाँ शक्ति हुँदै माओवादी केन्द्रमा पुगेका थिए ।

माओवादी नेताहरुका अनुसार उनी पार्टीसँग असन्तुष्ट थिएनन् । झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग सल्लाह गरेरै पार्टी छोडेको माओवादी नेताहरुले बताएका छन् ।

तर, नेता झा माओवादीले स्थायी कमिटी सदस्य नबनाएकोमा असन्तुष्ट भएका थिए । एमालेको छैठौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै आठौं महाधिवेशनपछि एमाले पोलिटब्युरो सदस्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्