Logo
Logo

जनकपुरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो



काठमाडौं । जनकपुरमा पनि छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ ।

छठ पर्वका लागि जनकपुरको पोखरीमा व्रतालुहरु पुगेका थिए । जनकपुरको गंगासागरमा छठ पर्वमा भक्तजनको भीड लागेको थियो भने गंगासागर, धनुष सागरसहित यहाँका पोखरी दुलही झैं सजाइएको थियो ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले पानीमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतवारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गरिएको हो ।

सन्तान प्राप्ति , निरोगिता , सुख , समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक छठ पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्