Logo
Logo

कैटरीना कैफको विवाहका लागि सलमानले रोके फिल्म



एजेन्सी । बलिउड अभिनेता सलमान खान निरन्तर सुटिङमा व्यस्त छन् । तर, उनले कैटरीना कैफको विवाहका लागि टाइगर–३ को सुटिङ सारेका छन् ।

कैटरीनाले विक्की कौशलसँग विवाह गर्दैछिन् । उनीहरुको ७ देखि १४ डिसेम्बरबीच विवाह हुने बताइएको छ । माधोपुरस्थित सिक्स सेन्सेस फोर्ट होटलमा हुने यस वैवाहिक समारोहमा सलमान खानसहित बलिउडका धेरै चर्चित कलाकार सरिक हुँदैछन् ।

यसै महिना सलमान खान कटरिना कैफसँग टाइगर–३ को सुटिङमा सहभागी हुनेवाला थिए । अब जनवरीमामात्रै टाइगर ३ को सुटिङ सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्