Logo
Logo

प्रधानन्यायाधीशले तोके ९ वटा इजलास



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार (आज) १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले ९ वटा इजलास तोकेकोमा आफू र न्यायाधीशहरु नहकुल सुवेदी र विश्वम्भर श्रेष्ठलाई छुट्टाछुट्टै एकल इजलास दिएका छन् ।

उनले तोकेको एउटा तीन सदस्यीय पूर्ण इजलास र पाँचवटा संयुक्त इजलास छन् । १७७ वटा मुद्दामा ६ वटा मात्रै बन्दी प्रत्यक्षीकरणका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् ।

बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरु सहमत भएका छन् । तर, आज इजलास गठन गर्ने बेला प्रधानन्यायाधीशले अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरणभन्दा बाहेकको रहनेगरी पेशी तोकेएको छ ।

प्रधानन्यायाधीशले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९ इजलास गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्