Logo
Logo

कतारको जेलमा रहेका रानाभाटलाई सहयोग गर्न परिवारको अपिल


- दृष्टि न्युज/संवाददाता


भरतपुर, २७ बैशाख । कतारको जेलमा रहेका माडीका युवा बिनोद रानाभाटको उद्धारका लागि सहयोग गर्न अपिल गरिएको छ । वैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका छन् ।
रानाभाटको आर्थिक अवस्था कमजोर रहेकाले सबैले सहयोग गरिदिन भरतपुरको चौबिसकोठीमा पत्रकार सम्मेलन गरि परिवारले आग्रह गरेको हो ।
यसअघि रानाभाटको उद्धारका लागि बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरिसकिएको छ । त्यसैगरि सहयोग गर्न चाहने ईच्छुकले कृषि विकास बैंक लि. माडीमा रहेको विनोद रानाभाट रिहाई तथा उद्धार समितीको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गरि सहयोग गर्न सक्ने बिनोद रानाभाटका बुवा ढाकामोहन रानाभाटले जानकारी दिए ।
सहयोग गर्न ईच्छुकहरुले नेपालभरको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सक्नेछन् । त्यसैगरि सहयोगका लागि मोबाइल नं. ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा पनि सम्पर्क गर्न सकिने समितीले जनाएको छ ।
रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लिनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटनालगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसलाअनुसार रानाभाटले ५ महिनाभित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस्